Online Nepal बिहिबार, बैशाख १३ २०८१

प्रस्तुत छ एरोक्स १५५ : नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर बाइकिङ

प्रस्तुत छ एरोक्स १५५ : नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर बाइकिङ


मध्यान्तर
  • सोमबार, बैशाख ४ २०८०

  • काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ । विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ ।

    यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ । यसको १५५ सीसीको ““R” DNA इन्जिनले 15 ps  पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ । अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ ।

    एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, , RPM, र VVA सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ । स्कूटरमा  Yamaha Y-Connect जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ ।
    स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ । जस्तै  Variable Valve Actuation (VVA),, इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्ट-स्टार्ट गर्ने विधी, र परिष्कृत सुरक्षाको लागि ब्द्यक् सँग फ्रन्ट डिस्क ब्रेक । एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ । यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा उपलब्ध छस् रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकको मूल्य रु. चार लाख चौहत्तर हजार नौ सय रहेको छ । यसलाई ग्राहक महानुभावहरुले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्नुहुनेछ । इच्छुक ग्राहकहरूले स्कूटरको थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट ttps://www.maw2wheelers.comपनि हेर्न सक्छन् ।

    विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भन्नुभयो, “एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो । यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ । यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु ।”

     

     

     

    प्रतिक्रिया
    थप समाचार