Online Nepal शुक्रबार, चैत्र १६ २०८०

बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’, ६० हजारसम्म छुट

बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’, ६० हजारसम्म छुट


मध्यान्तर
  • बुधबार, बैशाख ६ २०८०

  • काठमाडौँ । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ ।

    इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् ।

    यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३५ हजार रुपैयाँसम्मको नगद छुट, १२ हजार रुपैयाँबराबरको बेनेलीको हेल्मेट र एफवाई ०८०/८१ को रोड ट्याक्स सहुलियत ९सरकारी नियमअनुसार० तथा आकर्षक उपहारहरु पाउनेछन्।

    बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके२५१, ३०२ एस, टीएनटी६००आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार