Online Nepal शुक्रबार, चैत्र १६ २०८०

क्यानडाको विमानस्थलबाट झण्डै २ सय करोडको सुन चोरी

क्यानडाको विमानस्थलबाट झण्डै २ सय करोडको सुन चोरी


मध्यान्तर
  • शनिबार, बैशाख ९ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । क्यानडाको सबैभन्दा ठूलो टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट १७.८ मिलियन डलर अर्थात झण्डै २ सय करोड मूल्य बराबरको सुन चोरी भएको छ ।

    अन्तर्राष्ट्रिय संचार माध्यमहरुको रिपोर्ट अनुसार गत अप्रिल १७ मा टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त कन्टेनरबाट उल्लेखित मूल्यको सुन तथा अन्य बहुमुल्य सामान चोरी भएको हो ।

    चोरीको घटना भने २० अप्रिलमा मात्र थाहा भएको जनाइएको छ । हाल उक्त सामानको खोजी कार्य जारी रहेको छ । अनुसन्धान पूरा नभएसम्म उक्त कार्गो कुन कम्पनीको हो र कुन एयरलाइन्सबाट ल्याइएको हो भन्ने बताउन नसकिने अनुसन्धानमा संलग्न इन्स्पेक्टर ड्युस्टनको भनाई रहेको छ ।

    यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । हालसम्म चोरीमा संलग्न गिरोह क्यानडाको हो वा बाहिरको भन्ने पनि पत्ता लाग्न सकेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार