Online Nepal बिहिबार, बैशाख ६ २०८१

कृषि तथा पशुपालनतर्फ ईपीएसको नतिजा सार्वजनिक

कृषि तथा पशुपालनतर्फ ईपीएसको नतिजा सार्वजनिक


मध्यान्तर
  • आइतबार, बैशाख १७ २०८०

  • काठमाडौं ।  दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि परीक्षा दिएका आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो।

    गत ०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

    वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए। त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए।

    कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो।

    सो शाखाले ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको यही वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने जनाइएको छ।

    ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट ९पीबीटी०का रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ। सो शाखाका निर्देशक कटुवालले यूबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गर्नुभयो।

    ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए। शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ सम्म आवेदन दिने समय तोकेको थियो।

     

     

    प्रतिक्रिया
    थप समाचार