Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नेपाल र यूएईबिचको फाइनल खेल आज पुनः हुँदै

नेपाल र यूएईबिचको फाइनल खेल आज पुनः हुँदै


मध्यान्तर
  • मंगलबार, बैशाख १९ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । सोमबार वर्षाको कारणले रोकिएको नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बिचको फाइनल खेल आज पुनः हुँदै छ । एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएपछि आज बाँकी खेल हुन लागेको हो ।

    त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो ।

    नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।

    तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि वर्षा रोकिने छाँटकाँट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

    खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

    मङ्गलवार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मङ्गलवार पनि सोमबारको झैँ वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

    आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार