Online Nepal बुधबार, बैशाख १२ २०८१

बिहीबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड , कतिमा हुँदैछ कारेबार ?

बिहीबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड , कतिमा हुँदैछ कारेबार ?


मध्यान्तर
  • बिहिबार, बैशाख २१ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज तोलाको हालसम्मकै उच्च एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस दिन तेजाबी सुनको मूल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार