Online Nepal शुक्रबार, चैत्र १६ २०८०

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आजदेखि एकिकृत कारोबार शुरु

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आजदेखि एकिकृत कारोबार शुरु


मध्यान्तर
  • मंगलबार, बैशाख २६ २०८०

  • काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आजदेखि एकिकृत कारोबार शुरु गर्दैछन् । यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । सोही अनुरुप यी कम्पनीले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।

    नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरु बन्द थियो । अब मर्जरपछि इन्स्योरेन्सऊ पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार