Online Nepal बुधबार, बैशाख १२ २०८१

इमरान खानले पाए अन्तरिम जमानत

इमरान खानले पाए अन्तरिम जमानत


मध्यान्तर
  • शुक्रबार, बैशाख २९ २०८०

  • AppleMark

    काठमाडौँ । इस्लामाबाद उच्च अदालतले अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ ।

    पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानको जमानत आवेदनको सुनुवाइ गर्न न्यायाधीश मियाँ गुल हसन औरंगजेब र न्यायाधीश तमन रिफत इम्तियाजको एक विशेष इजलास गठन गरिएको थियो ।

    नेशनल एकाउन्टेबिलिटी ब्युरोले मङ्गलवार इमरान खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट अल–कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियो ।

    इमरान खानलाई दुई दिन हिरासतमा राखिएको थियो । यसपछि सर्वोच्च अदालतले इमरान खानलाई एक घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो ।

    बिहीबार सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारी गैरकानुनी ठहर गर्दै उनलाई पुलिस लाइन्सस्थित गेस्ट हाउसमा न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

    सर्वोच्च अदालतले उनलाई शुक्रवार इस्लामावाद उच्च अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार