Online Nepal बिहिबार, बैशाख १३ २०८१

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • शनिबार, बैशाख ३० २०८०

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई  हजार ४१४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ३७ जनाको नतिजा पोजिटिभ आएको हो । २४७ नमुनाको पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो
    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ५९ पुगेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार