Online Nepal शुक्रबार, बैशाख ७ २०८१

भारतको कर्नाटक राज्यको विधानसभामा कांग्रेसलाई स्पष्ट बहुमत

भारतको कर्नाटक राज्यको विधानसभामा कांग्रेसलाई स्पष्ट बहुमत


मध्यान्तर
  • आइतबार, बैशाख ३१ २०८०

  • काठमाडौं । भारतको कर्नाटक राज्यको विधानसभा चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत आएको छ

    शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ भने सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।

    यसैगरी, दोस्रो स्थानमा सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ ।

    उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मा सिट परेको छ ।

    कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ ।

    कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार