Online Nepal बिहिबार, चैत्र १५ २०८०

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरुको भनाई, कसले के भने ?

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरुको भनाई, कसले के भने ?


मध्यान्तर
  • सोमबार, जेष्ठ १ २०८०

  • काठमाडा । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।

    आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।
    सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगहरुको रोकथाप र उपचार सम्बन्धमा विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले सबै नेपालीहरुले धुम्रपान नगर्ने संकल्प गर्न आवश्यक रहेको बताए । धुम्रपान र मध्यपान नियन्त्रण आजको आवश्यकता भएको उनको भनाई छ । साथै, क्यान्सर रोगको निदानका लागि सरकारले आगामी बजेटमा व्यवस्था गर्नुपर्ने पनि धमलाले जोड दिए ।

    ‘नेपालमा पछिल्लो समय धुम्रापान र मध्यपानका कारण धेरै प्रकारका रोगहरु देखिएका छन् । खतरनाक रोगका रुपमा क्यान्सर देखा परेको छ । नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था र रोकथामका विषयमा आज हामी छलफल गर्दैछौं । मैले शीर्ष नेताहरुसँग अन्तरवार्ता लिँदा पनि संकल्प गर्ने गरेको छु । धुम्रपान र मध्यपान नियन्त्रण आजको आवश्यकता हो,’–धमलाले भने ।
    कार्यक्रमका अर्को वक्ता वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । नेपालमा दिनानुदिन क्यान्सर रोगीहरुको संख्यामा बृद्धि भइरहेको उनको भनाई छ । सोही अनुरुप प्रविधि र अस्पतालहरुकोसमेत विकास भइरहेको कर्णले बताए । ‘नेपालमा क्यान्सर रोगको अवस्था भयावह छ । क्यान्सर रोगीहरु दिनानुदिन बढ्दैछन् । क्यासन्सरका विरामी बढेसँगै उपचारका विधि र पद्धतिहरुसमेत विकास भइरहेका छन् । आज त्यसको प्रयोग हामीसँग पनि छ,’– उनले भने ।
    क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको उनले बताए । विरामीलाई एक लाखको उपचार सुविधाले नपुग्ने उनको भनाई छ । सरकारले क्यान्सरका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्नपर्ने र क्यान्सरको उपचारपछिको जीवनका बारेमा पनि राज्यले सोच्न आवश्यक रहेको उनले औंल्याएका छन् ।
    ‘क्यान्सरको मुख्य कारण धुम्रपान हो । यदि धुम्रपानमा नियन्त्रण गर्नसक्यौं भने हामी करिब ८० प्रतिशत क्यान्सरबाट हामी मुक्त हुनसक्छौं,’–उनले भने । नेपालमा क्यान्सर उपचारमा सरकारी तथा नीजि अस्पताल लागिपरे पनि त्यो पर्याप्त नभएको उनले बताए । क्यान्सरको विरुद्धमा जनचेतना फैलाउन आवश्यक रहेकोसमेत उनले जोड दिएका छन् ।
    भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको बताए । सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने उनको भनाई छ ।
    ‘क्यासन्सर हुनुको प्रमुख कारण सुर्ति सेवन हो । त्यसबाहेक जीवनशैली हो । आजकाल मान्छेको तौल बढ्दै गइराखेको छ । शारीरिक कसरतहरु घट्दै गएको छ । अर्को भाइरसले गर्दा पनि क्यान्सर हुन्छ । पाठेघरको क्यान्सर हुने कारण भाइरसले गर्दा नै हो । क्यान्सरका मल्टिपल कारण हुन्छन् । ९० प्रतिशत कारण वातावरणीय कारण हो । त्यो हाम्रै हातमा हुन्छ । जेनेटिक फ्याक्टर्सका कारणले पनि क्यान्सर हुन्छ,’– उनले भने । आफूहरुको फोकस भरसक क्यान्सर लाग्न नदिनेमा हुनुपर्ने उनको भनाई छ । क्यान्सरलाई रोकथाम गर्न सकिने उनले बताए । सुर्ति सेवनका कारण सेकेण्ड स्मोकरलाईसमेत असर गर्ने उनले बताए । गर्भवती महिलाले सुर्ति सेवन गर्दा पेटमा रहेको बच्चालाईसमेत असर गर्ने उनले बताए । सर्ती सेवनलाई कानुनी रुपमा कडाइ गर्न आवश्यक रहेको उनले बताए । साथै, क्यान्सरविरुद्धको पनि भ्याक्सिन आएको उनले बताए । अहिले महिलाहरुको पाठेघरको क्यान्सरको समस्या भयावह रुपमा देखा परेको उनको भनाई छ । क्यान्सरकारको रोकथामका लागि राज्यले भ्याक्सिनको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

    क्यान्सर लाकेका व्यक्तिहरुले उपचार गरेमा निको हुने उनले बताए । क्यान्सरका विरामीलाई माया, ममता र हेरविचारको एकदमै आवश्यक पर्ने उनले भनाई छ । केही वर्षअघिको भन्दा क्यान्सरको विरामीको पीडा कम हुँदै गएको डा. पौडेलले बताए ।
    नेपालमा क्यान्सर रोकथामका प्रयास भइरहेपनि समस्याको भार अनुसारको व्यवस्था अझै हुन नसकेको उनले बताए । अहिले विरामीले पैसा तिरेर उपचार पाउनसमेत नसकेको उनले बताए । भक्तपुर अस्पतालमा दिनको एक सय भन्दा बढि विरामीको उपचार गरिरहेको उनले बताए । क्यान्सरको क्षेत्रमा नेपालमा गर्न बाँकी धेरै रहेको डा. पौडेलले बताए । साथै, पत्रकार धमलाई क्यान्सरको बारेमा आवाज बुलन्द पार्नसमेत आग्रह गरे ।

    नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको औंल्याए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ । विकशित देशमासमेत क्यान्सरविरुद्धको भ्याक्सिन अभाव रहेको उनले बताए । त्यसका लागि नेपाल सरकारले जि टु जि प्रक्रियाबाट काम सुरु गरेमामात्रै सम्भव रहेको उनले बताए । क्यान्सरको एउटा पाटो त जीवनशैली नै हो । दोस्रो कुरा सरकारले दिन पर्ने बजेट र त्यसको उपयोग, हामी क्यान्सरको भ्याक्सिन, भ्याक्सिन त भनिरहेका छौं । हुन पनि पर्छ र पाउन पनि पर्छ । तर, भ्याक्सिन ल्याउने कहाँबाट ? यो जि टु जीमार्फत भ्याक्सिन उपलब्ध गराउने हो भनेमात्रै सम्भव छ,’– उनले भने ।

    क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने उनको भनाई छ । थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको उनले बताए । नीजि क्षेत्रबाट क्यान्सरको उपचार निकै महगो भएको कारण सरकारीस्तरबाटै यसका लागि पहल हुनुपर्ने उनले बताए । साथै, सबै प्रकारका क्यान्सरको उपचार नेपालमै सम्भव रहेको उनले बताए । सरकारले यस क्षेत्रमा अलिधेरै ध्यान दिने हो भने क्यान्सरको उपचारमा बाहिरिने नेपालको अर्थतन्त्र रोक्न सकिने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार