Online Nepal शुक्रबार, बैशाख ७ २०८१

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

थप २१ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • सोमबार, जेष्ठ १ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

    प्रतिक्रिया
    थप समाचार