Online Nepal शनिबार, बैशाख १५ २०८१

कोभिड अपडेट : २४ जनामा संक्रमण पुष्टि

कोभिड अपडेट : २४ जनामा संक्रमण पुष्टि


मध्यान्तर
  • बिहिबार, जेष्ठ ४ २०८०

  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बिहीबार मात्र कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन्।

    प्रतिक्रिया
    थप समाचार