Online Nepal मंगलबार, बैशाख ४ २०८१

वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क !

वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क !


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ५ २०८०

  • काठमाडौं । सरकारले वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने घोषण गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।

    नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार