Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सात कम्पनीले पाए स्टक ब्रोकरको लाइसेन्स

सात कम्पनीले पाए स्टक ब्रोकरको लाइसेन्स


मध्यान्तर
  • मंगलबार, जेष्ठ ९ २०८०

  • काठमाडौं । धितोपत्र बोर्डले सातवटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिएको छ ।

    बोर्डको सञ्चालक समितिको हिजो बसेको बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकेको मापदण्ड पुरा गरेका सात कम्पनीलाई लाइसेन्स दिएको बोर्ड स्रोतले जनाएको छ ।
    बोर्डका अनुसार सोमबार लाइसेन्स पाउने कम्पनीमा लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, सन सेक्युरिटिज,क्यापिटल म्यास सेक्युरिटिज,सेयर प्रो सेक्युरिटिज, मियो सेक्युरिटिज, प्रोपर्टी विर्जाड र हिमालयन ब्रोकरेज रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार