Online Nepal बिहिबार, चैत्र १५ २०८०

दिमाग खराब’को छायांकन शुरू, अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्ट अष्ट्रेलियाले लियो

दिमाग खराब’को छायांकन शुरू, अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्ट अष्ट्रेलियाले लियो


मध्यान्तर
  • मंगलबार, जेष्ठ ९ २०८०

  • काठमाडौं । निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘दिमाग खराब’को छायांकन सुरु गरिएको छ । यही सिनेमाबाट निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।

    सोमबार काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरमा सिनेमाको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका छन् ।
    जनता र शक्तिको कथामा बन्ने सिनेमाकको ३५ दिनको छायांकन सेड्युल राखिएको छ । सिनेमा आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ । आकाश बरालको पटकथा लेखन रहेको सिनेमामा कलाकारको ‘लाइनअप’ बलियो छ । सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिका छन् । श्रीमान निश्चल बस्नेतको निर्देशनमा अभिनेत्री स्वस्तिमाले पहिलो पटक काम गर्न लागेकी हुन् ।
    ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । ‘लुट’बाट नेपाली सिनेमामा कथा भन्ने शैली नै बदलेका निश्चलको ‘दिमाग खराब’लाई लिएर दर्शकमा अपेक्षा धेरै छ ।चलचित्रको अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्ट अष्ट्रेलियाले लिएको छ ।

    ‘लुट २’ पछि निश्चल निर्देशनमा फर्किन नखोजेका होइनन् । लकडाउन पछाडी उनी सिनेमा ‘जिन्दावाद’ निर्देशनको तयारीमा थिए । ‘दिमाग खराब’ भने निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ पछि घोषणा गरेका थिए । यो सिनेमा घोषणाको ९ वर्षपछि निर्माण हुन लागेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार