Online Nepal शुक्रबार, बैशाख ७ २०८१

दार्चुलामा खाना पकाउने ग्यास लिक भएर बिस्फोट हुँदा एक जनाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक भएर बिस्फोट हुँदा एक जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, जेष्ठ ११ २०८०

  • सांकेतिक तस्वीर

    काठमाडौं । दार्चुलामा खाना पकाउने ग्यास लिक भएर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

    नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो।
    बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए।

    ठगुन्नाको उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको हो ।

    घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो।

    प्रतिक्रिया
    थप समाचार