Online Nepal शनिबार, बैशाख ८ २०८१

रुकुम पश्चिममा जिप दुर्घटनामा , ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटनामा , ५ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, जेष्ठ ११ २०८०

  • काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका तोरीधारा -८ मा जिप दुर्घटना हुँदा घटनास्थलमा नै ५ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    बिहीबार बिहान सानीभेरीदेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।

    घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट  करिब  ४०० मिटर तल खसेको छ । दुर्घटनाको भने कुनै कारण खुलेको  छैन ।

     

    प्रतिक्रिया
    थप समाचार