Online Nepal बिहिबार, बैशाख १३ २०८१

बेलायतको उत्कृष्ट दशभित्र नायक ध्रुव दत

बेलायतको उत्कृष्ट दशभित्र नायक ध्रुव दत


मध्यान्तर
  • बिहिबार, जेष्ठ ११ २०८०

  • प्रबासमा रहेता पनि नेपाली कलाकारिता र चलचित्रकर्मलाई ध्रुव दत्तले कहिले पनि छोडेनन । लामो समयदेखी बेलायतमा रहंदै आएका कलाकार ध्रुव दत्त बेलायतमा मात्र होइनन्, नेपालमा पनि चर्चित छन । कलाकारिता कर्ममा उनले दिएको निरन्तरता र कला र संस्कृतिप्रतिको ध्रुबको लगाब सांच्चिकै प्रशंसा गर्न लायकको रहंदै आएको छ । चलचित्रदेखी म्यूजिक भिडियोसम्म ध्रुबले गरेको कामको तारिफ पनि राम्रै हुने गरेको छ ।

    बेलायतमा रहेर बिभिन्न बिधा र क्षेत्र मार्फत बिशिष्ठता हासिल गर्ने थोरै नेपालीहरू मध्येमा पर्न सफल भएका ब्यक्तित्व हुन कलाकार ध्रुव दत्त । यिनै ब्यक्तित्व अहिले बेलायतका चर्चित दश भित्र पर्न सफल भएका छन ।

    बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकमले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सव मनाउंदै भब्य समारोहबीच कलाकार ध्रुव दत्तलाई सम्मान गरेको छ । प्रबासमा रहेर आफ्नो क्षेत्रमा लागिरहंदा यसरी समान र पुरस्कार पाउंदा गर्वको महशुष भएको कुरा दत्तले बताए -‘ यस्तो सम्मान र पुरस्कारले यो क्षेत्रमा लाग्न झनै प्रेरणा मिलेको छ -‘ उनले भने ।

    सम्मानित कार्यक्रममा बिना खुट्टा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक हरि बुढा मगर, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, मास्टरसेफ विजेता सन्तोष साह, बेलायतको टोटेनह्याम फुटबल क्लबसंग आवद्ध खेलाडी अस्मिता आले, चर्चित नेपाली चित्रकार गोविन्द साह ‘आजाद,’ ब्रिटिश आर्मीका सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ, बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा. प्रियंवदा पौड्याल, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका अध्यक्ष, भूतपूर्व गोर्खा सैनिक र कमल पुर्जालाई सम्मान गरिएको थियो।

    प्रतिक्रिया
    थप समाचार