Online Nepal शुक्रबार, बैशाख ७ २०८१

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • काठमाडौं । आज देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछआजको  । मधेस, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    आजराति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार