Online Nepal शुक्रबार, चैत्र १६ २०८०

संसदीय सुनुवाइ समिति गठन

संसदीय सुनुवाइ समिति गठन


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

    समिति सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

    उनीहरूको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार