Online Nepal शुक्रबार, चैत्र १६ २०८०

अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन


मध्यान्तर
  • बुधबार, जेष्ठ १७ २०८०

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सम्पूर्ण अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

    मन्त्री बस्नेतले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।

    उक्त काम सुरु भइरहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताउँदै उनले ओपीडी टिकट अनलाइनमार्फत पनि लिन सकिने बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।

     

    प्रतिक्रिया
    थप समाचार