Online Nepal बुधबार, बैशाख १२ २०८१

सुनको मूल्य हालसम्मकै धेरै, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य हालसम्मकै धेरै, कतिमा हुँदै छ कारोबार ?


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १९ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा बढ्न थालेको छ । आज सुन हालसम्मके धेरै मूल्यमा कारेबार भएको छ ।
    आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ झन् आकाशिएको हो ।

    प्रतिक्रिया
    थप समाचार