Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु , एक जना गम्भिर घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु , एक जना गम्भिर घाइते


मध्यान्तर
  • बिहिबार, जेष्ठ २५ २०८०

  • काठमाडौँ । कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ एक जना गम्भीर घाइते भएका छन् ।

    रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

    जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

    मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार