Online Nepal बिहिबार, बैशाख १३ २०८१

किनमेलका लागि भारतीय बजार जान नेपालीलाई कडाइ , १०० भन्दा बढीको सामानमा भन्सार अनिवार्य

किनमेलका लागि भारतीय बजार जान नेपालीलाई कडाइ , १०० भन्दा बढीको सामानमा भन्सार अनिवार्य


मध्यान्तर
  • शुक्रबार, जेष्ठ २६ २०८०

  • काठमाडौँ । नेपाली उद्योगी व्यवसायीको बढ्दो दवावपछि रुपन्देहीको बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको छ । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कर्डाइ थालिएको हो ।

    घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली र नौतनवा, रुपैडिया, ठूटीबारी, बड्नी बजार पुग्ने गर्छन् । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।

    भारतको  बजारमा गएर दैनिक २ करोड रूपैयांसम्म सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी छ । रूपन्देहीको बेलहिया नाका नेपालकै दोस्रो ठूलो भन्सार नाका हो । दैनिक उपभोग्य सामानदेखि विवाह, ब्रतबन्ध, पूजाआजाका लागि समेत गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट नेपालीहरू दैनिक जाने गर्छन् ।

    प्रतिक्रिया
    थप समाचार