Online Nepal बुधबार, बैशाख १२ २०८१

पौडी खेल्ने क्रममा जाजरकोटमा डुबेर दुई जना बालकको मृत्यु

पौडी खेल्ने क्रममा जाजरकोटमा डुबेर दुई जना बालकको मृत्यु


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं । पौडी खेल्ने क्रममा जाजरकोटमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

    उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    थप समाचार