Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता

कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता


मध्यान्तर
  • आइतबार, जेष्ठ २८ २०८०

  • काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्।

    गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी छन्। गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा उनीहरूको मृत्यु भएको हो।

    बेपत्ता दुवैको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार