Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, जेष्ठ २८ २०८०

  • काठमाडौं । गएराति कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं.८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जिप सडकबाट करिब  १५० मिटर तल खसेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार