Online Nepal शनिबार, जेष्ठ ५ २०८१

रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न

रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न


मध्यान्तर
  • शुक्रबार, असार १ २०८०

  • काठमाडौं । रिलायबल नेपाल लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । सभाले संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

    सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान, हिसाब, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका एनएफआरएस सम्बन्धीको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गर्ने, निजको पारीश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार