Online Nepal शुक्रबार, चैत्र १६ २०८०

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् ।


मध्यान्तर
  • बुधबार, साउन १५ २०७६

  • काठमाण्डौ – नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कविता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतीमा जाउ कसरी जाउँ।। सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ ।

    भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । ‘ हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छौ, श्रोता र दर्शकको मन जित्नेमा आशावादी छौ’, गायिका थापाले भनिन ले भने । त्यस्तै निर्देशक बबीता श्रेष्ठले राम्रो गीत स्रोता र दर्शक माझ ल्याएकोले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

    रेशम दर्लामीले छायाँकन गरेको म्युजिक भिडियोमा नृत्य निर्देशन गोविन्द श्रेष्ठ गरेका छन् । गीतमा माईती जानलाग्दा खोलीले छेकेको, डाडाले छेकेको लगायतका बाटोमा आई परेका आरोह अवरोहहरुलाई गीतीलयमा प्रस्तुत गरिएको छ ।

    https://www.youtube.com/watch?v=HFCMrOudyY4

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार