Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा डिला खरेलको चर्चा

गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा डिला खरेलको चर्चा


मध्यान्तर
  • आइतबार, असार १७ २०८०

  • यतिबेला गैह् आबासीय नेपाली संघ चुनाबी माहौलले तातेको छ । बिभिन्न देशमा रहेको संघहरु नयां नेतृत्व छान्न लागिपरेका छन । यसैबीच गैह्र आबासीय नेपाली संघ अष्ट्रेलिया पनि चुनाबी सरगर्मी अगाडि बढिरहेको छ । बिशेस गरेर अध्यक्ष पदमा कसको पल्ला भारी होला या कसले बाज्जी मार्ला ? चर्चा परिचर्चा हुन थालेको छ । अध्यक्ष पदमा यस पटक डिला खरेलको चर्चा र वजन बढी भएको चर्चा चलिरहेको अबस्थामा उनले गैह् आबासीय नेपाली संघ, अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
    हुन त डिला खरेल अष्ट्रेलियाको सिड्नीमा बस्छन, तर उनको परिचय र प्रबासमा रहनु हुने नेपालीहरूसंगको उठबस, साथ , समर्थन अनि उनले गरेको सहयोगको चर्चाको भने सबैतिर तारिफ कमाउंने गरेको छ । बिध्यार्थीदेखी लामो समयबाट अष्ट्रेलियामा रहनु हुने नेपालीहरूबीच सहयोगी र मिलनसार ब्यक्तिको रूपमा परिचय बनाएका डिलाले आजसम्मको अबस्थासम्म आइपुग्दा गैह् आबासीय नेपाली संघको अध्यक्ष पदमा उठ्न धेरै कुराको तिलान्जली दिएका छन ।पहिलाको चुनाबमा आफू भन्दा सिनियरको लागि आफू नउठेर साथ दिंदै आएका उनलाई यस पटकको चुनाबमा अध्यक्ष पदमा सिनियरबाट पनि साथ मिलेको देखिन्छ ।

    पदमा होस या नहोस डिलाले अष्ट्रेलियाको नेपाली समाजप्रति आफूले निभाउनु पर्ने भूमिका र दायित्वलाई कहिले भूलेनन । पुरा अष्ट्रेलिया राम्रो शान , मान र उपस्थिति जनाउंन सफल भएका डिला खरेलको नेपालदेखी नै सामाजिक कार्यप्रतिको लगाब , उठबस र समर्पण सांच्चै प्रशंसा गर्न लायकको छ । १५ वर्षअघि अष्ट्रेलिया पुगेका डिला खरेल निरन्तर एनआरएन अभियानमा सक्रिय छन् ।

    कहिले पदमा बसेर त कहिले बाहिरै रहेर पनि नेपाली समुदायको हितमा लागिरहेका छन्। पन्ध्र वर्ष लामो अष्ट्रेलिया बसाइका भोगाइ, संस्थामा रहेर गरेका कामका आधारमा बटुलेको अनुभव र नयाँ योजनासहित डिला खरेल नेतृत्व लिने अभियानमा जुटेका हुन् । भोगाइ र अनुभवले उनमा आत्मविश्वास मात्रै बढेको छैन, उनले नयाँ संभावना पनि देखेका छन् ।
    एनआरएनका उद्देश्य विशाल छन् । दायरा फराकिलो छ । तर, यदाकदा यसले आफ्नो उद्देश्य बिर्सेको हो कि भन्ने आलोचना हुन थालेको छ । यसलाई चिर्ने उनको योजना छ । उनी भन्छन्, हामी खुम्चिएको हो कि भन्ने छ, दायरा फराकिलो बनाउने मेरो योजना छ ।
    नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान्छ । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन । अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ । सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को अजेण्डा छ ।
    नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने त उनको मुख्य अजेण्डा नै छ । दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ । उद्यमी सम्मेलनको आयोजना गरेर ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को अजेण्डा हो ।
    नेपालमा जस्तो राजनीतिक खिचातानी जस्तो हुन्छ, त्यस्तै हावा वहन्छ विदेशतिर । विदेशमा रहेका नेपालीलाई पनि त्यो हावाले छोपिहाल्छ । तर, यस्तो प्रवृत्तिलाई नयाँ पुस्ताले राम्रो मान्दैन । त्यो हावा एनआरएनमा सल्केको कतिपयको गुनासो छ । यो अवस्था हटाउने उनको उद्देश्य छ । ‘एनआरएन सबैको साझा संगठन हो, यसलाई गैरराजनीतिक रुपमा सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले भने
    जति गरे राम्रै गरे । अझै गर्नुपर्ने काम धेरै छन् । तीमध्येको एउटा काम हो, अष्ट्रेलिया जाने विद्यार्थीहरुले भोग्नुपर्ने समस्याको सामाधान -‘ त्यस तर्फ म दिलो ज्यानले
    लाग्ने छु । आफू पनि बिध्यार्थीकै रूपमा अष्ट्रेलिया
    आएको कारण त्यो पिडा र भोगाई मलाई थाहा छ । यो मामिलामा बिध्यार्था भाई बहिनीहरूसंग हातेमालो गर्दै अगाडि बढ्ने छु -‘ उनको योजना छ ।


    समग्रमा भन्नु पर्दा डिलाले यो गर्छु र उ गर्छु भन्ने मात्र गर्ने छैनन् कि गरेरै देखाउंने पनि छन । यो कुरा स्विकार्छन गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाका पुराना अध्यक्षहरु -‘ पदमा नरहंदा पनि संघप्लाई डिलाजीले गरेको सहयोग र दिएको साथ प्रशंसा गर्न योग्य छ । यस्तो ब्यक्ति ज़िम्मेवारी पदमा आयो भने अझै राम्रो हुन्छ -‘ उहांहरूको भनाई छ ।

    राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार