Online Nepal मंगलबार, बैशाख १८ २०८१

एलपी ग्यास र पेट्रोलको मूल्य घट्यो

एलपी ग्यास र पेट्रोलको मूल्य घट्यो


मध्यान्तर
  • आइतबार, असार ३१ २०८०

  • काठमाडौं  । नेपाल आयल निगमले एलपी ग्यास र पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।

    ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

    यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५र१५ दिनमा इन्धनको मूल्य सूची आउँछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार