Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एनआरएनए अष्ट्रेलियामा रोशन भट्टराई किन…?

एनआरएनए अष्ट्रेलियामा रोशन भट्टराई किन…?


मध्यान्तर
  • शुक्रबार, साउन ५ २०८०

  • काठमाडौं । प्रवासको बसाई त्यति सहज र सरल छैन । लामो प्रबासको जिबन र यात्रामा पनि नेपाली समाज र नेपाली पुस्ताका लागि केही गरौं भन्ने सोच र योजना कसैमा आउँछ र हुन्छ भने खुलेर तारिफ गर्नै पर्छ ।
    समय नै छैन र समय नै हुंदैन भनेर समाजबाट भाग्ने अनि सामाजिक कार्यसंग आबद्दता जनाउंन नपरोस भन्ने सोच बोकेकाहरूको भिड बढिरहेको समयमा अष्ट्रेलियाको सिड्नी निबासी रोशन भट्टराई सिड्नीमा रहेका स्थानिय नेपालीहरू मांझ यसरी घुलमिल भएका छन कि यतिबेला उनि केही गर्ने धेयका साथ सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने यूबाको रूपमा परिचित र स्थापित छन ।
    उनको यही सोच र योजनाले आज रोशनलाई स्थानिय नेपालीहरूले आगामी हप्ता हुन लागेको एनआरएनए अष्ट्रेलियाको चुनाबमा उम्मेदवारी हुनु पर्ने दबाब दिए । यही दबाबको फलस्वरूप रोशनले एनआरएनए ( २०२३ – २०२५ को लागि एन सी सी सदस्य पदका उमेदवारी दिएका छन ।

    लामो समयदेखी अष्ट्र्लियाको नेपाली समाजमा यूबा पुस्तालाई जुझारू बनाउंन र उनिहरूलाई नेपाली भाषा , संगीत र चलचित्र मार्फत जोड्ने कार्यमा दिलो जानले लागेको रोशन जस्ता जुझारू यूबा सस्थामा आउंनु पर्ने आबाज उठिरहेको छ -‘ केही गरौं भन्नेलाई हामीहरूले साथ दिनै पर्छ । यूबा आए भने प्रबासमा हुर्किएको दोस्रो पुस्तालाई पनि नेपालसंग जोड्ने काम गर्छ । त्यस कारण पनि रोशन भट्टराई आजको आबश्यकता हो -‘ सिड्नी निबासी नेपालीहरूको भनाई छ ।

    उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफू अष्ट्रेलियाको नेपाली समाजको निम्ति कार्य गर्ने अनि नयां सोच , योजना र फलदायी बिचारलाई अगाडि बढाउंने प्रतिबद्दता ब्यक्त गरेका छन ।

    प्रतिक्रिया
    थप समाचार