Online Nepal आइतबार, जेष्ठ ६ २०८१

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा


मध्यान्तर
  • मंगलबार, साउन २३ २०८०

  • काठमाण्डौँ । केएल दुगड समूहअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बीएमडब्ल्यूसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिजअन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ।

    विश्वविख्यात कार निर्माता बीएमडब्ल्यूको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भइसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ। यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बीएमडब्ल्यूकोआकर्षक डिजाइन हुनेछ।

    ‘बीएमडब्ल्यूको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ। बीएमडब्ल्यूको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोशेढुंगा हो। हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ। अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साजसज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन्। वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    बीएमडब्ल्यू डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन्। बीएमडब्ल्यूको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन्।

    स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ। नयाँ बिएम सिरिजमार्फत कम्पनीले आफ्ना ग्राहकलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास कम्पनीले लिएको छ।

    प्रतिक्रिया
    थप समाचार