Online Nepal आइतबार, जेष्ठ ६ २०८१

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

    उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो ।

    पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ । उनी व्यापारी राजेश अडुकियाका छोरा हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार