Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ग्राहकका डाटा सुरक्षित राख्छौँ, भ्रममा नपरौँ : एनसेल

ग्राहकका डाटा सुरक्षित राख्छौँ, भ्रममा नपरौँ : एनसेल


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौं । एनसेलले आफ्ना ग्राहकको सूचना, डाटा र गोपनीयतालाई सधैँ उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।

    एक दैनिक पत्रिका र अनलाइनमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले भनेको छ, “यो समाचारले नेपाली जनतालालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याइ छ । यो कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहीत स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो भन्ने हाम्रो विश्वास छ । यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ ।”

    एनसेलले बुँदागत रूपमा स्पष्ट पारेका विषय

    •  हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं । समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।
    •  एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट/कनेक्ट अर्थात जोडेको छैन । कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं ।
    • हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
    • टेरामक्स अध्ययनको निष्कर्षका आधारमा हाम्रो निर्णय हुनेछ । जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।

    प्रतिक्रिया
    थप समाचार