Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बलात्कारको आरोपमा एक युवक पक्राउ

बलात्कारको आरोपमा एक युवक पक्राउ


मध्यान्तर
  • आइतबार, साउन २८ २०८०

  • काठमाडौँ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ ।

    महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार