Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगायो

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगायो


मध्यान्तर
  • सोमबार, साउन २९ २०८०

  • काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ । जिल्ला प्रशासन कार्यलय मुस्ताङका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घररहोटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

    त्यसैगरी बाढीले कागबेनीस्थित धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टि भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार