Online Nepal सोमबार, जेष्ठ ७ २०८१

‘ब्रेक शु’बाट निकालिएको सुन गालेर जोख्ने प्रक्रिया सुरु

‘ब्रेक शु’बाट निकालिएको सुन गालेर जोख्ने प्रक्रिया सुरु


मध्यान्तर
  • सोमबार, साउन २९ २०८०

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

    सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो । राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरु गरेको बताए । उनले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रिय प्रतिनिधी र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताए । उनले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताए । उनले एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको बताए ।

    राजश्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइ सकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ ।

    प्रतिक्रिया
    थप समाचार