Online Nepal सोमबार, जेष्ठ ७ २०८१

‘ब्रेक शू’ मा लुकाएर तस्करी भएको सुन आज गालिँदै

‘ब्रेक शू’ मा लुकाएर तस्करी भएको सुन आज गालिँदै


मध्यान्तर
  • मंगलबार, साउन ३० २०८०

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ ।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिने महाशाखार्का एक सदस्यले जानकारी दिए ।

    यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ ।

    सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

    यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ‘ब्रेक शू’ भित्र लुकाएर सुन भित्र्याइएको खुलेको थियो ।

    प्रतिक्रिया
    थप समाचार