Online Nepal सोमबार, जेष्ठ ७ २०८१

राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु

राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु


मध्यान्तर
  • मंगलबार, साउन ३० २०८०

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।

    बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

    सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा एक सदस्यले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार