Online Nepal सोमबार, जेष्ठ ७ २०८१

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, साउन ३० २०८०

  • काठमाडौँ । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

    मुसिकोट नगरपालिका(४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यलयले जनाएको छ ।

    सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

    अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार