Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो

एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो


मध्यान्तर
  • मंगलबार, साउन ३० २०८०

  • काठमाडौँ । एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । दिल्लीबाट काठमाडौँ उडान गर्दै आएको उक्त जहाजको ह्वील लक भई धावन मार्गमै अड्किएको बताइएको छ ।

    धावन मार्गमा उक्त जहाज अड्किएपछि ५७ मिनेटसम्म उडान र अवतरण नै अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका जहाजहरुलाई आकाशमै होल्ड गराइएको थियो ।

    जहाजलाई रनवेबाट ट्रयाक्टरले तानेर हटाइँदै छ । जहाजमा १७९ यात्रु सवार हुन लागेका थिए ।

    प्रतिक्रिया
    थप समाचार