Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु

मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु


मध्यान्तर
  • बिहिबार, साउन ३२ २०८०

  • काठमाडौँ । विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुई जना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् ।

    बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् ।

    भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले जानकारी दिए ।

    गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार