Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबिबिएस पढ्दै गरेका विद्यार्थी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबिबिएस पढ्दै गरेका विद्यार्थी पक्राउ


मध्यान्तर
  • शुक्रबार, भाद्र १ २०८०

  • काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्।

    सप्तरीको राजविराज-७ ठेगाना भएका विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले बिहीबार राति चितवनबाट पक्राउ गरेको हो।

    उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै थिए। आइएससी पास भएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

    उनले एमबीबीएस अध्ययनका लागि काठमाडौंको जेभियर इन्टरनेशनल सेकेन्डरी स्कुल८बाट आइएस्सी पास भएको प्रमाणपत्र पेस गरेका थिए।

    यसअघि सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर बनेकाहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेको छ।

    प्रतिक्रिया
    थप समाचार