Online Nepal आइतबार, जेष्ठ ६ २०८१

काभ्रेमा चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रेमा चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


मध्यान्तर
  • आइतबार, भाद्र ३ २०८०

  • काठमाडौं । काभ्रेमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  पाँचखाल नगरपालिका-१२ स्थित देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

    कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।

    प्रतिक्रिया
    थप समाचार