Online Nepal आइतबार, जेष्ठ ६ २०८१

भक्तपुरबाट भागेका ८६ जना नाबालक बन्दी बानेश्वरबाट पक्राउ

भक्तपुरबाट भागेका ८६ जना नाबालक बन्दी बानेश्वरबाट पक्राउ


मध्यान्तर
  • सोमबार, भाद्र ४ २०८०

  • काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट भागेका ८६ कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

    भागेका कैदीबन्दीमध्ये ८६ जनालाई नयाँ बानेश्वर लगायतका स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान सुधार गृहको पछाडिको ढोका फोडेर सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आक्रमण गर्दै २ सयभन्दा बढी भागेको प्रहरी कार्यलय भक्तपुरले जनाएको छ ।

    हिजो सुधार गृहमा एक जनाको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका थिए । हिजै छानबिन गर्ने सहमति जुटेपनि आज बिहानबाट उनीहरु सुधार गृह अगाडी आएर प्रदर्शनमा उत्रिएका थिए । त्यही मौका छोपेर विभिन्न कसुरमा सुधार गृहमा सजाय भुक्तान गरिरहेका २ सय ९९ जना कैदीबन्दी थिए ।

    प्रहरीको अनुसार २ सयन्दा बढी पुरुष कैदी भागेका थिए । उनले महिलाहरु त्यही रहेको र केही फर्किएपनि धेरै फरार रहेको बताए । त्यसमध्ये केहीलाई नियन्त्रणमा लिइसकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार