Online Nepal शनिबार, बैशाख २२ २०८१

कलाकार सानु ताम्राकारको निधन

कलाकार सानु ताम्राकारको निधन


मध्यान्तर
  • शनिबार, भाद्र ९ २०८०

  • काठमाडौं । कलाकार सानु ताम्राकारको निधन भएको छ ।

    कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार दिउँसो ३:३० बजे नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।

    उनको छोरा अभिनेता सारुक ताम्राकारको निधनपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उहाँलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । ७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए ।

    शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए । उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार