Online Nepal आइतबार, बैशाख २३ २०८१

सिड्नीमा भब्य हुने भयो ‘द माष्टर प्लान’ बिजनेश वर्कशप गोष्ठी

सिड्नीमा भब्य हुने भयो ‘द माष्टर प्लान’ बिजनेश वर्कशप गोष्ठी


मध्यान्तर
  • मंगलबार, भाद्र १२ २०८०

  • काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा ‘ द मास्टर प्लान ‘ विजनेश वर्कशप नामक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ। ।यो कार्यक्रम सेप्टेम्बर १, शुक्रबारका दिन सिड्नीको नोभोटेलमा आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना प्रेकन सर्भिसेस अष्ट्रेलियाका प्रमोद न्यौपानेले गर्न लागेका हुन ।

    कार्यक्रममा लामो समयदेखी अष्ट्रेलियाको सिडनीमा रहेर आ-आफ्नो क्षेत्रको ब्यापार ब्याबसाय मार्फत उचाई हात पारेका ब्यक्ति – ब्यक्तित्वहरूको अभूतपूर्व सहभागिता रहने जानकारी दिइएको छ । बिजनेश वर्कशपका लागि आफ्ना अनुभब बांड्न नेपालबाट सनत न्यौपानेले उपस्थिति जनाउंने भएका छन ।

    दुई दशकभन्दा बढी समय थुप्रै ब्यापार र उधोगको ब्यबस्थापन गरेर आफूलाई सफल ब्यबस्थापकका रूपमा चिनाएर स्थापित भएका सनत न्यौपाने मोरगं अटो,चौधरी ग्रुप ,टिबी आइ ग्रुपको सिइओ भएर यी सस्थाको प्रगती र उन्नतीको लागि बिशेष भूमिका खेली सकेका सफल ब्यबस्थापक हुन भने उनि अहिले सिम्रिक भेन्चरको ग्रुप सिइओको रूपमा आबद्द छन । उनले सिड्नीको बिभिन्न बिधाको पेशामा आबद्द ब्याबसायीहरूसंग आफ्नो दुई दशक भन्दा लामो समयको अनुभब बांड्ने कार्यक्रम रहेको छ ।

    -‘ उहांले बिजनेशको योजना , यसको सफलताको रहस्य र आगामी दिनहरूमा कसरी ब्यापार – ब्याबसायको बिस्तार गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारे आफ्ना अनुभबहरू सुनाएर उर्जा र प्रोत्साहन दिनु हुने छ -‘ प्रेकन सर्भिसेसका प्रमोद न्यौपानेले भने । सिम्रिक भेन्चरका ग्रुप सिइओ सनत न्यौपाने हाल अन्नपूर्ण मिडिया नेटवर्क ,सिम्रिक एअर,अल्का अस्पताल र एपी वन टिभीसंग आबद्द रहेका छन ।

    जानकारी दिइए अनुसार शुक्रबार बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म आयोजना हुने कार्यक्रममा फ्याट चिकेनका बिकास काफ्ले,रजत श्रेष्ठ , कुमार खकुरेल , आर.ए एशोसियट्सका असिम गौतम , माक् रे ट्रान्सपोर्टका रोबिन केसी, बार टेरेसका महेश बस्नेत,फिन कनेक्सका बिष्णु प्रसाद अर्याल, विस रियल स्टेटका कल्याण कंडेल र सिबिर श्रेष्ठ , एक्टिंब मोर्गेजका लेख गुरूंग ,प्रेस्टीज नर्सिगंका एम अधिकारी , ब्रन्च एण्ड ब्रियूका का महेश दाहाल , वर्ड भिजन ऐजुकेशन कन्सल्टेन्सीका अशोक तिमल्सिना ,अर्बन रियल स्टेडका बिशाल पोखरेल , क्यालिबर बिल्डर्सका रबिन्द्र उप्रेती र दिपेन्द्र उप्रेती , दर्शन कन्ट्रक्सनका सन्जिब थापा र ध्रुव भूर्तेल ,एआइए कलेजका सुभाष शाह ,चिकेन मेटका बिक्रम काफ्ले,प्रेस्टीज एड्भोकरीका बिभू घिमिरे र अस स्टडी कन्सल्टटेन्सीका मोहन ढुंगाना लगायतले सहभागिता जनाउंने बताईएको छ ।

    प्रतिक्रिया
    थप समाचार