Online Nepal शनिबार, साउन १२ २०८१

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क लियो फिर्ता

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क लियो फिर्ता


मध्यान्तर
  • बिहिबार, भाद्र १४ २०८०

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिएको छ।

    बुधबार आन्दोलनरत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच पाँचबुँदे सहमति भएपछि शूल्क फिर्ता भएको हो। आन्दोलनरत विद्यार्थी संगठनले जारी राखेको आन्दोलन पनि स्थगित भएको सहमतिमा उल्लेख छ।

    नयाँ सहमति सँगै हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु हुने भएको छ। गत नौ दिनदेखि विद्यार्थी संगठनले बढेको शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार